महेश बस्नेतको टिप्पणी- निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखियो
२ माघ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गगन थापा पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिनु दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु विडम्बनापूर्ण र चिन्ताजनक विषय भएको बताएका छन् ।
उनले भनेका छन्- 'नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो । यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको छ ।'
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.