काँग्रेस बारे छिटो निर्णय दिन दबाबमा निर्वाचन आयोग, छलफलमा जुटे आयुक्त

शुक्रबार, २ माघ २०८२, ७:३२ PM
post-image

२ माघ, काठमाडौं । नेपाली कांग्रेसको विवाद बारे निर्वाचन आयोगले आजै निर्णय गर्ने तयारी गरेको छ ।

काँग्रेसका दुवै पक्षको दाबि सुनेपछि आयोगका कार्यबाहक प्रमुख रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुन शमशेर जबरा, जानकी तुलाधर छलफलमा जुटेका छन् । आयोग स्रोतका अनुसार छलफलमा आयोगका सचिव, कानुन र राजनीतिक शाखाका प्रमुख पनि सहभागी रहेका छन् ।  माघ ६ गते मनोनयन दर्ताको समय रहेकाले आयोगले छिटै निर्णय लिने तयारी गरेको हो । 

आयोग छलफलमा जुटेसँगै काँग्रेसको देउवा र गगन पक्ष नाराबाजी र धर्नामा उत्रिएको छ ।  आयोग बाहिर दुवै पक्षका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}