पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्धामा विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च गयो अख्तियार

शुक्रबार, २ माघ २०८२, ४:४ PM
post-image

२ माघ, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा प्रतिवादीहरु प्रदीप अधिकारी, महेश कुमार बस्नेत, अशोक

कुमार सुबेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र वावुराम पौडेल समेतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध पुनरावेदन निवेदन सर्वोच्चमा दिएको जानकारी दिएको छ । 

अख्तियारले विमानस्थल निर्माणका क्रममा उनीहरुले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ बिगो माग गरेर दायर गरेको रिटमा विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}