काँग्रेसको गगन पक्षलाई निर्वाचन आयोगले बोलायो
२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले आज दिउँसो २ बजे पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाएको हो ।
यसअघि आजै कांग्रेसको देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर पदाधिकारी भेट्दै विशेष महाधिवेशन अवैधानिक भएको र आफुहरुनै आधिकारिक भएको दाबी पेश गरेका थिए ।
काँग्रेसमा दुई पक्षबीच आधिकारिकता विवाद भएपछि आयोगले छलफल अगाडि बढाएर छिटै निर्णय लिने संकेत दिएको छ ।