८८५ जनाले हस्ताक्षर फिर्ता लिएको देउवा पक्षको दाबी, आयोगले भन्यो- विधि र पद्धति अनुसार निर्णय गर्छौं

शुक्रबार, २ माघ २०८२, ११:३० AM
post-image

२ माघ, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काँग्रेसको विवादको विषयमा विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय नगर्ने बताएका छन् ।

काँग्रेसको देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको टोलीलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संबिधान, ऐन कानुन अनुसार नै निर्णय लिने स्पष्ट गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले सो अवसरमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका ८८५ जना आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै सो को विवरण आयोगमा बुझाएका थिए । उनले विशेष महाधिवेशन केन्द्रीय समितिले नबोलाएको र विधि सम्मत नभएको दाबी गर्दै आफुहरुले नै आधिकारिकता पाउनु पर्ने बताएका थिए ।

सो अवसरमा काँग्रेस नेता शेखर कोइरालाले ४० प्रतिशत म्हाधिवेशन प्रतिनिधिले बोलाउने अधिकार छ तर विशेष अधिवेशनको कार्यविधि केन्द्रीय समितिले बनाउनु पर्ने व्यवस्था रहेको बताए । कुनै पदाधिकारीले विशेष महाधिवेशन बोलाउने अधिकार काँग्रेसको विधानले नदिएको बताएका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}