सोनपुर मिनरल्स को इपिएस घटेर -९.६२ पुग्यो, कति घाटामा छ कम्पनी?

सोमबार, २९ माघ २०८०, ९:५४ AM
post-image

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी -९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ।

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल कम्पनी (SONA) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५९.२१ प्रतिशतले घटेर ७० करोड ५६ लाख रुपैयाँ पुगेको छ भने कुल नाफा ७७.०८ प्रतिशत घटेको छ भने समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३६.७९ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी -९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

मुख्य सूचकहरू :

Amount in '000

Particulars 29th Poush, 80 30th Poush, 2079 Difference
Share Capital 3075050 1845030 66.67%
Reserve and Surplus 2305723 801928 187.52%
Operationl Revenue 705698 1730157 -59.21%
Gross Profit 95154 415084 -77.08%
Operating Profit -11434 257335 -
Finance Cost 145813 230666 -36.79%
Profit -147853 26246 -
EPS (Annualized) (Rs.) -9.62 2.85 -
Networth Per Share (Rs.) 174.98 -  
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}