विश्वप्रकाशको प्रतिक्रिया- विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिन्छ

बुधबार, ३० पुष २०८२, ४:४३ PM
post-image

३० पुस, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिले पार्टीबाट निष्काशित भएपछि प्रतिक्रिया दिदै विधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको र अब सहि नेतृत्व दिने बताएका छन् ।

उनले सहमतिका लागि प्रस्तावित ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो भन्ने प्रश्न गर्दै काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफु दुवै दृढ रहेको बताएका हुन् । उनले भनेका छन्- 'मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !'

आजै बसेको केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो । विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}