सुनचाँदीको मुल्यमा आजपनि नयाँ किर्तिमान

नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेर उच्च विन्दुमा पुगेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, ३० पुष २०८२, ११:८ AM
फन्ट
सुनचाँदीको मुल्यमा आजपनि नयाँ किर्तिमान

३० पुस, काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेर उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले बढेर तोलाको २ लाख ७८ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३१५ रुपैयाँले बढेर तोलाको ५६५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ५३४० रुपैयाँमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.