हिमालयन रि इन्स्योरेन्सको खुद नाफा करिब शतप्रतिशत बढ्यो, EPS कति?
यस अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत बढेको छ।
यस अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ। त्यस्तै कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेको छ।
१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ६९ करोड २८ लाख रुपैयाँ रहेको छ भने कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा छ ।
मुख्य सूचकहरू :
(Amount in '000)
| Particulars | Poush, 2080 | Ashad, 2080 | Difference |
| Share Capital | 10000000 | 7000000 | 42.86% |
| Share Premium | 3180000 | 0 | - |
| Catastrophe Reserves | 77054 | 37180 | 107.25% |
| Retained Earnings | 692823 | 39306 | 1662.64% |
| Other Equity | 24178 | 309256 | - |
| Particulars | Poush, 2080 | Poush, 2079 | Difference |
| Net Earned Premium | 1996051 | 783844 | 154.65% |
| Total Income | 2469632 | 1280662 | 92.84% |
|
Net Benefits and Claims Paid |
731543 | 484802 | 50.90% |
| Total Expenses | 1608600 | 849560 | 89.35% |
|
Net Profit for the Year |
602722 | 301771 | 99.73% |
| EPS | 12.05 | 9.23 | 2.82 |
| PE Ratio | 41.31 | - | - |
| Net Worth per Share | 147.30 | - | - |
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.