ट्रम्पले आफूलाई गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा !
२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति' घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् र त्यसको क्याप्शनमा 'भेनेजुएलाको कार्यवाहक राष्ट्रपति' उल्लेख गरिएको छ ।
जनवरी ३ मा, अमेरिकाले भेनेजुएला विरुद्ध कारबाही गर्यो र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेको थियो ।
मादुरो हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन् । भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।