सुनचाँदीको मुल्य उच्च विन्दुमा

सोमबार, २८ पुष २०८२, १२:२३ PM
post-image

२७ पुस, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४१ सयले बढेर तोलाको २ लाख ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर तोलाको ५१९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४९९० रुपैयाँमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}