काँग्रेस पनि बदल्छौँ, देश पनि बदल्छौँ- महामन्त्री शर्मा

आइतबार, २७ पुष २०८२, ६:३७ PM
post-image

२७ पुस, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस पनि बदलिने र देश पनि बदल्ने बताएका छन् । 

काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आफुहरुले काँग्रेस पनि बदल्ने र देश पनि बदल्ने बताएका हुन् । उनले भने- 'हामी नेपाली काँग्रेसलाई पनि बदल्छौँ र देशलाई पनि बदल्छौँ । जसले आफुलाई बदल्न सक्छ त्यसले देशलाई पनि बदल्न सक्छ ।' 

विशेष महाधिवेशनले पार्टी भित्र नयाँ आत्मविश्वास जगाउने र देशमा पनि नयाँ आशा जगाउने बताउदै पार्टीमा भएका कमजोरीको जिम्मेवारी ड्राइभिङको सिट नजिक बसेको नाताले आफुहरुले पनि लिने र कमजोरी सच्याएर अगाडी बढ्ने उनले बताए ।

महामन्त्री शर्माले आफुहरु नयाँ ढंगले अगाडी बढ्ने संकल्प गरेको भन्दै आफुहरु चुकेको ठाउबाट सच्याएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले काँग्रेसलाई बलियो बनाउन मात्र विशेष महाधिवेशनमा नआएको भन्दै मूल प्रश्न कमजोर भएको देशलाई बलियो बनाउने भन्ने हो । उनले नेपाल र नेपालीवीच विश्वास र मन जलेको बताउदै मनहरुलाई जोड्ने संकल्पका साथ नेपाली काँग्रेस विशेष महाधिवेशनमा उभिएको बताए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}