नयाँ नीति र नेतृत्वसहित काँग्रेस अगाडी बढ्नुपर्छ- अर्जुननरसिंह केसी
२७ पुस, काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेसको विशेष महाधिवेशनले नयाँ काँग्रेसको निर्माण गर्नुपर्ने बताएका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता केसीले अब नयाँ नीति र नयाँ नेतृत्वसहित अगाडी बढ्नुपर्ने र देशमा छाएको निराशालाई काँग्रेसले चिर्नुपर्ने बताए ।
उनले विशेष महाधिवेशनले विगतमा भएका भ्रष्टाचारको फाइल खोल्ने र छानबिन गर्ने प्रतिबद्धताको प्रस्ताव पारित गर्नुपर्ने बताए ।
नेता केसीले कार्यकर्ताको उत्साहले काँग्रेसलाई नयाँ उर्जा दिन र रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.