विधानको व्यवस्थालाई नेतृत्वले बेवास्ता गरेपछि विशेष महाधिवेशन भयो- प्रदिप पौडेल

आइतबार, २७ पुष २०८२, ५:५८ PM
post-image

२७ पुस, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले विधानमा रहेको व्यवस्थालाई नेतृत्वले बेवास्ता गरेका कारण आज विशेष महाधिवेशन भईरहेको स्पष्ट गरेका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले नेतृत्वले विधान कार्यान्वयनमा ध्यान नदिएको भन्दै नेतृत्वको रक्षाका लागि काम गर्नेकी काँग्रेसको भविष्य रक्षा गर्ने अहिलेको प्रश्न रहेको बताए ।

नेता पौडेलले जेनजी आन्दोलनले देश र पार्टीहरुलाई परिवर्तन गर्न भनेको भन्दै आफ्नो त्रुटी सच्याएर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् । उनले काँग्रेस पार्टी मात्र नभएर अभियान भएको बताउदै काँग्रेसको भविष्य अब कस्तो बनाउने भन्ने महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएका छन् । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}