रास्वपा र उज्यालोबीचको एकता भंग, कुलमान उनेपाको अध्यक्ष

शनिबार, २६ पुष २०८२, ९:४६ PM
post-image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच भएको एकता सहमति भंग भएको छ । एकता प्रक्रिया टुटेपछि दुवै दल अब अलग–अलग रूपमा निर्वाचनमा सहभागी हुने भएका छन् ।

एकता भंगसँगै कुलमान घिसिङ रास्वपाबाट अलग भई उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रूपमा घिसिङलाई अध्यक्ष नियुक्त गरिएको घोषणा गर्दै साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

एकता नजुट्नुको कारणका रूपमा कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापति पद, पार्टीको नाम परिवर्तन, महामन्त्री पद तथा समानुपातिक सूचीमा कम्तीमा ६ जना निर्वाचित हुने सुनिश्चितताको माग राखेको तर सहमति नबनेको बताइएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}