विजय लघुवित्तको एफपीओ आवेदन दिने आज अन्तिम दिन, कति दिने आवेदन?
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ल्याएको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। पुस २१ गतेदेखि बिक्री खुला गरिएको एफपीओमार्फत संस्थाले संस्थापक र सर्वसाधारण शेयरधनीबीचको स्वामित्व अनुपातलाई ७०ः३० मा कायम गर्न लक्ष्य राखेको हो।
साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जपछि संस्थाको चुक्ता पूँजी ५० करोड ४० लाख ३५९ रुपैयाँ पुगेको थियो। सो अवस्थामा संस्थापक समूहको स्वामित्व ७४.३९ प्रतिशत र सर्वसाधारणको २५.६१ प्रतिशत रहेको थियो। यही अनुपातलाई सन्तुलन गर्न एफपीओ निष्काशन गरिएको हो।
यसअन्तर्गत संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सार्वजनिक गरेको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
एफपीओको लागि गरिएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इश्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ, जसले संस्थाले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
पछिल्ला एफपीओहरूको आवेदन हेर्दा १० कित्तासम्म मात्र परेको देखिन्छ, त्यसैले यसमा पनि १० कित्ता नै आवेदन दिन उपयुक्त हुन्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.