एमालेबाट काठमाडौँ- ५ मा ईश्वर पोखरेल एकल सिफारिस
काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं निर्वाचन क्षेत्र ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।
आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो ।
काठमाडौं ५ बाट नेता पोखरेलले निर्वाचन लड्दै आएका छन् । उनको गृह क्षेत्र पनि हो । २०७९ को निर्वाचनमा पोखरेल काँग्रेस नेता प्रदीप पौडेलसँग पराजित भएका थिए । पौडेलले १५ हजार २६९ मत प्राप्त गरेका थिए भने पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.