सुन तोलाको ४६ सयले बढ्यो, चाँदीको पनि बृद्धि
२१ पुस, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४६ सयले बढेर तोलाको २ लाख ६५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५०० मा कारोबार भएको थियो ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.