सुन तोलाको ४६ सयले बढ्यो, चाँदीको पनि बृद्धि

सोमबार, २१ पुष २०८२, १०:१० AM
post-image

२१ पुस, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४६  सयले बढेर तोलाको २ लाख ६५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५०० मा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}