केन्द्रीय सुरक्षा समितिको बैठकले के के निर्णय गर्यो ?

आइतबार, २० पुष २०८२, ६:४७ PM
post-image

२० पुस, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ । आइतबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले निर्वाचनको सम्बन्धमा सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिएको छ ।

त्यस्तै बैठकले विभिन्न धार्मिक समुदायहरू र एक अर्काका धर्मबिच लक्षित गरेर विभिन्न सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने र अर्काको धर्ममा खलल पुर्‍याएका घटनाहरू भएकोमा यसमा विशेष रूपमा छलफल केन्द्रित रह्यो। यस्तै, जिल्लाहरूमा देखिएका केही धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्ने व्यक्ती वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । त्यस्तै बैठकले स्थानीय प्रशासनहरूले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने निर्णय र प्रदेश र स्थानीय सरकारहरूलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै धार्मिक गतिविधिबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको एउटा बैठक बस्ने निर्णय गरेको छ ।

बैठकमा विशेष गरी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्मको तयारी र मन्त्रालयले गर्नु पर्ने समन्वयको विषयमा समेत छलफल भएको थियो भने जेनजी आन्दोलनपछि फरार रहेका कैदी बन्दीहरूको पक्राउ गर्ने अभियानलाई अझ बढी तदारुकता प्रदान गर्दै सुरक्षा निकायहरूको विशेष ओपरेशनलाई थप क्रियाशीलता दिने निर्णय भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}