चार पदाधिकारी थप्ने रास्वपाको निर्णय
२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकीकरणपछि चार पदाधिकारी थप्ने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा संसोधन गर्दै एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थप्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यी पद मध्ये यसअघि नै उपसभापति कुलमान घिसिङलाई राख्ने सहमति भएको छ भने अन्य पदमा बालेन शाह र उज्यालो नेपाल पार्टीका नेताहरुलाई मनोनित गर्ने तयारी गरिएको छ ।
रास्वपामा हाल एक सभापतिसहित २ उपसभापति, एक महामन्त्री, एक सह-महामन्त्री, एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष, २ सह-प्रवक्ता रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.