चार पदाधिकारी थप्ने रास्वपाको निर्णय

आइतबार, २० पुष २०८२, ५:१२ PM
post-image

२० पुस, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकीकरणपछि चार पदाधिकारी थप्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा संसोधन गर्दै एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थप्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यी पद मध्ये यसअघि नै उपसभापति कुलमान घिसिङलाई राख्ने सहमति भएको छ भने अन्य पदमा बालेन शाह र उज्यालो नेपाल पार्टीका नेताहरुलाई मनोनित गर्ने तयारी गरिएको छ ।

रास्वपामा हाल एक सभापतिसहित २ उपसभापति, एक महामन्त्री, एक सह-महामन्त्री, एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष, २ सह-प्रवक्ता रहेका छन् ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}