सरकार र दुर्गा प्रसाईबीचको वार्ता शुरु
१६ पुस, काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीसँग राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईसहितको टोलीको वार्ता शुरु भएको छ ।
जनमत संग्रहसहित विभिन्न माग राखेर आन्दोलन गर्ने बताएको दुर्गा प्रसाई नेतृत्वको अभियानसँग आज फेरी वार्ता शुरु भएको हो ।
यसअघि प्रधानमन्त्री कार्कीसँग प्रसाईले गत मंगलबार समेत भेटेर आजको वार्तालाई अन्तिम वार्ता हुने बताएका थिए । मंगलबारको भेटमा प्रधानमन्त्री कार्कीले प्रसाईलाई चुनावमा भाग लिएर आफ्ना माग जनताबाट अनुमोदन गराउन आग्रह गरेकी थिइन् ।
प्रसाईले आफुले उठाउदै आएका माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिदै आएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.