ओलीलाई बयानका लागि पुर्जी काट्दैछौं, लेखकको बयान सकियो- अध्यक्ष कार्की
१६ पुस, काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने बताएका हुन् । पत्रकारहरुले ओलीलाई कहिले बोलाउनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै भने- 'उहाँलाई बोलाउने क्रममा छौं हामी । उहाँलाई पुर्जी काट्दैछौ ।' पत्रकारहरुले ओली बयान दिन आउनु भएन भने के हुन्छ भन्ने प्रश्नको जवाफमा कार्कीले आउनु भएन भने भोलिको कुरा भोली नै हुने बताए ।
त्यस्तै कार्कीले तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान सकिएको जानकारी दिए ।