सुन तोलाको ७ हजार ९ सयले घट्यो, चाँदीमा पनि गिरावट

नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १५ पुष २०८२, १०:५८ AM
फन्ट
सुन तोलाको ७ हजार ९ सयले घट्यो, चाँदीमा पनि गिरावट

१५ पुस, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ९ सयले घटेर तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७० हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर ४५९०  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.