बयान दिन जाँचबुझ आयोगमा पुगे लेखक
१४ पुस, कामाडौं । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् ।
लेखक सिंहदरबारस्थित आयोगको कार्यालयमा केहीबेर अघि बयानका लागि पुगेका हुन् ।
साथै लेखकले दिउसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन समेत गर्ने भएका छन् ।
आयोगले गत शुक्रबारसम्म बयान दिन पत्र लेखेको भएपनि लेखकले सोमबार बयान दिन आउने जानकारी आयोगलाई गराएको बताएका थिए । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो ।
आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.