बालेन र रविबीचको सहमतिपछि सञ्चारमन्त्री खरेलको टिप्पणी- गन्तव्य तय हुदैछ...
१३ पुस, काठमाडौं । सञ्चारमन्त्री जगदिश खरेलले काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको सहमतिलाई नयाँ सुरुवात भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री खरेलले नयाँ दिन र नयाँ शुरुवात भएको भन्दै सुन्दर र समृद्ध नेपालको सपनाको गन्तव्य तय हुदै गरेको बताएका हुन् । उनले भनेका छन्- 'नयाँ दिन, नयाँ शुरूवात ! सुन्दर र समृद्व नेपालको सपना !! गन्तव्य तय हुदैछ...'
आइतबार बिहान लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ, जस अनुसार पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ । त्यस्तै सहमतिमा रास्वपालाई आसन्न आमनिर्वाचन लगत्तै सम्झौता बमोजिम पुनर्गठन गरेर दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति भएको छ ।