प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग शनिबार छलफल गर्दै

शुक्रबार, ११ पुष २०८२, १२:४८ PM
post-image

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शनिबार छलफल गर्ने भएकी छन् । 

आज सञ्चारमन्त्री जगदीश खरेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर भेट गर्दै शनिबार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्री कार्कीले छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए । 

मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दैछन् ।

यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।  

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}