प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग शनिबार छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शनिबार छलफल गर्ने भएकी छन् ।
आज सञ्चारमन्त्री जगदीश खरेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास पुगेर भेट गर्दै शनिबार ४ बजे तीन दलका शीर्षनेतासँग प्रधानमन्त्री कार्कीले छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए ।
मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्दैछन् ।
यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.