सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा

शुक्रबार, ११ पुष २०८२, १२:२२ PM
post-image

११ पुुस, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार सुन तोलाको २ लाख ६७ हजार ५ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५  रुपैयाँले बढेर ४५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ४४०० मा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}