ज्ञानेन्द्र शाहीको गुनासो- जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन, सञ्चारमन्त्री फ्री वाईफाईको गफ चुट्छन् !
९ पुस, काठमाडौं । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा टावर बनाएर पनि नेटवर्क नआउने तर यता सञ्चारमन्त्रीले फ्री वाईफाईको गफ छुटेको कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै शाहीले नेटवर्कको समस्या जुम्लाको मात्र नभएर सिंगो कर्णाली र दूरदराजको भएको भन्दै नयाँ मान्छे र नयाँ नेतृत्व आएपनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार एउटै रहेको गुनासो गरेका छन् ।
साथै उनले सञ्चारमन्त्रीलाई गफ नचुटेर टावर बनाएका ठाउमा नेटवर्क सञ्चालन गरिदिन आग्रह गरेका छन् ।
उनले भनेका छन्:
जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन। यता सञ्चारमन्त्री फ्री वाईफाई भन्दै गफ चुट्छन् । यो समस्या जुम्लाको मात्र होइन सिंगो कर्णाली र दूरदराजको समस्या हो जुनसुकै नयाँ मान्छे र नयाँ नेतृत्व आएपनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार एउटै छ। त्यसैले भन्छु सञ्चार मन्त्रीज्यू गफ चुट्ने होइन। टावर बनाइदिएका छौं नेटवर्क सञ्चालन गरिदिनुहोस् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.