ग्रीन भेन्चर्स लिमिटेडले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव आगामी सातौं वार्षिक साधारण सभामा पेश गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि. मा लगानी गर्ने प्रयोजनका लागि हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो। प्रस्तावअनुसार कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ३ अर्ब ४३ करोड ७५ लाख बराबरकै हकप्रद सेयर जारी गर्ने योजना रहेको छ। यसअनुसार प्रत्येक विद्यमान सेयरधनीले आफूले धारण गरेको १ कित्ता सेयर बराबर १ कित्ता हकप्रद सेयर आवेदन गर्न पाउनेछन्।
प्रस्तावित योजनाअनुसार कम्पनीले कुल ३ करोड ४३ लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। यसबाट संकलित रकम कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि. मा लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, साथै आवश्यक परे प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषय पनि वार्षिक साधारण सभाका विशेष प्रस्तावमा समावेश गरिएको छ।
उक्त प्रस्तावहरू वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र साधारण सभा पश्चात हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ। साथै, नियामक निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभामा पेश गरिनेछ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.