बालेन र रविको भेटपछि असिम शाह भन्छन्- दुई दाजुभाइको मिलन भयो

मंगलबार, ८ पुष २०८२, २:११ PM
post-image

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

सोमबार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको निवासमा बालेन र रविबीच भेटवार्ता भएको थियो । भेटवार्तामा रास्वपाका उपसभापति डिपी अर्याल, कुमार बेन, निश्चल बस्नेत असिम शाहलगायत सहभागी थिए ।

भेटवार्तापछि असिम शाहले अन्ततः कथाको सुखद सुरुवात भएको टिप्पणी गरेका छन् । उनले रवि र बालेन दुई दाजुभाईको मिलन भएको उल्लेख गर्दै यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन भएको बताएका छन् ।

उनले भनेका छन्- अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई ।'

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}