रवि लामिछानेलाई भैरहवा लगिदै

शुक्रबार, ४ पुष २०८२, १२:४७ PM
post-image

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेलाई हवाई उडानमाफर्त भैरहवा लैजान केहीबेर अघि विमानस्थल पुर्याइएको छ । 

विहिबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपनि आज लामिछानेलाई भैरहवा पुर्याएपछि जिल्ला अदालत रुपन्देहीमा पेश गरिदैछ । अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि उनी आजै रिहा हुने छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}