रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ।
न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई धरौटी स्वीकार गरी थुनामुक्त गर्न आदेश दिएको हो। अदालतका अनुसार धरौटीबापत २ करोड ६८ लाख रुपैयाँ जमानत रकम तोकिएको छ। उक्त रकम दाखिला गरेपछि उनलाई रिहा गरिनेछ।