ओलीको प्यानलमा परेनन् सुहाङ, स्वतन्त्र उम्मेदवार बन्दै
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा इलामका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
सुहाङ अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा समावेश नगरेपछि स्वतन्त्र रुपमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।
गत भदौ २३ र २४ मा जेनजी विद्रोहपछि युवा प्रतिनिधित्व बढाउन विधान संशोधन गरिएको र युवाका लागि छुट्याइएको कलस्टरमा सुहाङ संस्थापन पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।
सुवास नेम्वाङको असमय निधनपछि राजनीतिमा प्रवेश गरेका सुहाङ नेम्वाङ २०८१ सालमा इलाम–२ मा भएको उपचुनावमा एमालेको उम्मेदवार बनेर विजयी भएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.