एमालेको महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्ने

सोमबार, २९ मंसिर २०८२, ३:२८ PM
post-image

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ ।

आज साढे १ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

यसैबीच पार्टीको संगठनमा पकड हुने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ । 

ओली पक्षबाट महासचिवमा पोखरेल दोहोरिएका छन् । महासचिवमा ओली पक्षबाट प्रदीप ज्ञवालीले महासचिवमा दाबि गरेपनि ओली आफ्ना विश्वासपात्र मानिएका पोखरेलकै पक्षमा गएका छन् । ओलीले यसअघि उपमहासचिव रहेका ज्ञवालीलाई उपाध्यक्षमा बढुवा गरेका छन् ।

त्यस्तै ईश्वर पोखरेल पक्षले भने महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडी सारेको छ । अब पार्टीको हाइप्रोफाइल पद महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ ।

अहिले केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका लागि फारम वितरण शुरु गरिसकेको छ भने उम्मेदवारी दर्ता आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म हुने भएको छ । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}