बैंकको धितो सकार गर्ने व्यवस्थामा परिमार्जन, तीन पटक लिलामी प्रक्रिया गर्नुपर्ने

सोमबार, २९ मंसिर २०८२, ३:२३ PM
post-image

२९ मंसिर, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितो सकार गर्ने व्यवस्थामा परिमार्जन गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा धितो सकार गर्दा तीन पटकसम्म बिक्री प्रयास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि एक पटकको लिलाम प्रक्रियामा बिक्री नभए आफैंले सकार गर्दै आएका थिए ।

राष्ट्र् बैंकले गरेको परिमार्जनमा उल्लेख छ:

इजाजतपत्रप्राप्त संस्थाले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछ । कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैँले सकार गर्नुपर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नु पर्नेछ । यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा- नोक्सान हिसावमा खर्च लेख्ने व्यहोरा लेखा नीतिमा उल्लेख गर्नु पर्नेछ । तर, यसरी मूल्याङ्कन गर्दा त्यस्तो गैर बैंकिङ्ग सम्पत्ति वापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा-नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैर बैंकिङ्ग सम्पत्ति वापतको नोक्सानी व्यवस्थामा सार्नु पर्नेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}