एमालेको निर्वाचन तालिका संशोधन, उम्मेदवारी दर्ता आज ३:३० बजेसम्म
२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन तालिका संशोधन भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले सोमबार दिउँसो ३:३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय बढाएको हो । यसअघि साढे १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।
आयोगले प्रारम्भिक उम्मेदवारको नामावली ४ बजे सार्वजनिक गर्ने बताएको छ भने उम्मेदवारी फिर्ता ५ बजेबाट ६ बजेसम्म र साढे ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
एमालेले एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ९ सचिवसहित १९ जनाको पदाधिकारी र ३०१ जना केन्द्रीय कमिटीका सदस्यको चयन गर्दैछ ।
नेतृत्व चयनको मतदान भने मंगलबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्मका लागि तोकिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.