सुन तोलाको ३५ सयले बढ्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ मंसिर २०८२, १२:२४ PM
फन्ट
सुन तोलाको ३५ सयले बढ्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च

२६ मंसिरकाठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ३ हजार ५ सयले बढेर तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ३९०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ३८०५  मा कारोबार भएको थियो । 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.