थाइल्याण्डको संसद भंग, दुई महिना भित्र चुनाव हुने
२६ मंसिर, काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद भंग गरेका छन् । ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव गराउने घोषणा गर्दै प्रधानमन्त्री चार्नविराकुलले संसद भंगगरेका हुन् ।
शुक्रबार जारी गरिएको एक आदेशमा, प्रधानमन्त्री चार्नविराकुलले उनको अल्पसंख्यक सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा भएका घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गरेको उल्लेख गरेका छन् । उनले भने- 'उपयुक्त समाधान भनेको संसद भंग गर्नु हो, जुन जनतालाई राजनीतिक शक्ति फिर्ता गर्ने तरिका हुनेछ ।'
व्यापारीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ पछि थाइल्याण्डका तेस्रो प्रधानमन्त्री भएका छन् । सेप्टेम्बरमा सत्तामा आएपछि, उनले जनवरीको अन्त्यसम्ममा संसद भंग गर्ने वाचा गरेका थिए ।
हाल छिमेकी देश कम्बोडियासँग तनाव भइरहेको बेला थाइल्याण्डम संसद भंग गरिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.