जनरल टिकटलाई ‘प्रीमियम’ भन्दै २,००० लिएपछि CAN को चर्को आलोचना
नेपाल क्रिकेट संघ (CAN) ले प्लेअफ खेलमा टिकट मूल्य एक्कासि दोब्बर पारेर जनरल टिकटलाई नै ‘प्रीमियम’ का नाममा २,००० रुपैयाँमा बिक्री गरेको आरोपपछि सामाजिक सञ्चालामा तीव्र आलोचना भइरहेको छ। सामान्यतया प्लेअफ खेलका टिकटहरू बुकिङ खुलेको केही घण्टामै सकिने गर्थे, तर मूल्य वृद्धि भएपछि प्रीमियम बनाइएका टिकटहरू खेल सुरू हुन लागेको बेलासम्म पनि विक्री हुन कठिन भइरहेको छ।
हिजो सम्पन्न खेलमा एनसेल, रेडबुल र सिद्धार्थ बैंक जोनका टिकटहरू १,००० रुपैयाँमै बिक्री भइरहेको थियो। तर दोस्रो क्वालिफायर—लुम्बिनी लायन्स र विराटनगर किङ्स—का लागि साधारण टिकटलाई नै प्रीमियम भन्दै २,००० रुपैयाँ तोकिएको छ। CAN ले जारी गरेको विज्ञप्तिमा प्लेअफ र फाइनलमा सामान्य टिकट १,००० र प्रीमियम टिकट २,००० हुने उल्लेख भए पनि, मूल्य अचानक बढाइएको भन्दै दर्शक आक्रोशित बनेका छन्।
सामाजिक सञ्जालमा एक cricket fan लेख्छन्:
“CAN बाट आजजस्तो व्यवहार पाउने कुरा मैले कहिल्यै सोचेको थिइनँ। कहिलेकाहीँ लाग्छ, हामी क्रिकेटप्रेमीले दिएको माया र समर्थनलाई धेरै हल्का रूपमा लिइन्छ। हामीलाई २,००० रुपैयाँ तिर्नु समस्या होइन। टिभीमै हेर्न मिल्थ्यो तर ‘नेपाली क्रिकेटलाई सहयोग होस्’ भनेर ३०० रुपैयाँ तिरेर OTT नै subscribe गरेका हौँ। Pirated च्यानल नहेरी, सबैलाई ‘official बाट मात्र हेर्नुस्’ भनेर सल्लाह दिंदै हिँड्यौँ। तर अन्त्यमा CAN ले यति बेवास्ता गरेको देख्दा निकै दुख लाग्यो।
एकै ठाउँका सीटलाई अचानक ‘premium’ भनेर बेचिएको छ। तर त्यो कसरी प्रिमियम हुन्छ? Ncell Zone का कतिपय साइडका सीटबाट त sight screen ले पुरा मैदानै देखिँदैन। यस्तो ठाउँका लागि प्रिमियम मूल्य तिर्नु भनेको दर्शकप्रति गरिएको अन्याय हो।
लिग म्याचमा सुदुरपश्चिम र जनकपुरको खेलमा ५०० रुपैयाँको टिकट काटेर पनि सीट नपाई चिसो भुईँमा बसेर खेल हेर्नुपरेको थियो। अब त्यही ठाउँलाई ‘premium’ भनेर अझै बढी पैसा तिर्नुपर्ने? यो त झन् बुझ्नै नसकिने कुरा हो।
नेपाली क्रिकेटका लागि २,००० रुपैयाँ तिर्न हामी सधैँ तयार छौँ। मनदेखि समर्थन गर्छौँ। तर दर्शकलाई यति खालको व्यवहार गर्नु भनेको हाम्रो नेपाली क्रिकेटप्रतिको माया र भरोसामै चोट पुर्याउनु हो।
आजसम्म मैले CAN को कुनै निर्णयमा खुलेर आलोचना गरेको थिइनँ, तर आज भने सीमा नाघिएको महसुस भयो।”
दर्शकहरूको आरोप एउटै छ— मूल्य वृद्धि पारदर्शी ढङ्गले नगरिनु, जनरल सिटलाई प्रिमियम नाम दिएर दोब्बर शुल्क लिनु, र वास्तविक सुविधासँग मेल नखाने टिकट दर तोक्नु दर्शकप्रति गरिएको अन्याय हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.