सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

बिहिबार, २५ मंसिर २०८२, ११:५७ AM
post-image

 २५ मंसिर, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको एक हजारले बढेर तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ५२ हजार एक सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ३८०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३७५० मा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}