सुदूरपश्चिम रोयल्सले भित्र्यायो भारतीय खेलाडी शेल्डन ज्याक्सन
२२ मंसीर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएपनि टिमले खेलाडी भित्र्याउनेक्रम रोकेका छैनन् ।
यसैक्रममा प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्सले भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सनलाई भित्र्याएको छ । सुदूरपश्चिमले ३९ बर्षिय ज्याक्सनलाई भित्र्याएको घोषणा गरेको हो ।
सुदूरपश्चिमबाट लिग चरणमा खेलेका दुई अस्ट्रेलियन खेलाडी क्रिस लीन र जोश ब्राउन बिदा भएपछि नयाँ खेलाडी ज्याक्सनलाई भित्र्याएको हो । क्रिस लिन इन्जुरीका कारण खेल्न नसक्ने भएका हुन् भने ब्राउन बिग बाश लिग खेल्न गएका हुन् ।
ज्याक्सनले भारतको सौराष्टबाट रणजी ट्रफीलगायतका घरेलु क्रिकेट खेल्ने गर्दछन । उनले फस्ट क्लास क्रिकेटमा ७ हजार भन्दा बढी रन बनाएका छन्, जसमा २१ शतक सामेल छन् । त्यस्तै उनले कोलकोता र बैंगलुरुबाट आइपिएलसमेत खेलेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.