रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, २१ मंसिर २०८२, ३:७ PM
फन्ट
रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन

२१ मंसिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ । 

रास्वपाले सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई  उम्मेदवार छनोट रूपरेखा बमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरेको जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एप मार्फत् आवेदन दिन सकिने जनाइएको छ । उम्मेदवारीको आवेदन शुल्क २५ हजार तोकिएको छ । 

साथै योग्यता पुगेका इच्छुक विपन्न पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र र उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने-नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्ने जानकारी दिएको छ ।

रास्वपाले उम्मेदवारी आवेदन तथा उम्मेदवार छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेभसाइट, एप, पार्टीको केन्द्रीय निर्वाचन आयोग र समग्र पार्टी संरचना (केन्द्र, प्रदेश, जिल्ला, पालिका आदि) बाट दिन सकिने उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.