रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन

आइतबार, २१ मंसिर २०८२, ३:२२ PM
post-image

२१ मंसिर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ । 

रास्वपाले सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई  उम्मेदवार छनोट रूपरेखा बमोजिम मङ्सिर २१ गतेदेखि उम्मेदवारी आवेदन खुला गरेको जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एप मार्फत् आवेदन दिन सकिने जनाइएको छ । उम्मेदवारीको आवेदन शुल्क २५ हजार तोकिएको छ । 

साथै योग्यता पुगेका इच्छुक विपन्न पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, सम्बन्धित पार्टी पालिका समितिबाट जारी सिफारिस पत्र र उपलब्ध कागजातहरूको आधारमा आवेदन शुल्क मिनाहा गर्ने-नगर्ने सम्बन्धमा अन्तिम निर्णय पार्टी केन्द्रीय सचिवालयले गर्ने जानकारी दिएको छ ।

रास्वपाले उम्मेदवारी आवेदन तथा उम्मेदवार छनोट प्रक्रियासम्बन्धी थप जानकारी पार्टीको वेभसाइट, एप, पार्टीको केन्द्रीय निर्वाचन आयोग र समग्र पार्टी संरचना (केन्द्र, प्रदेश, जिल्ला, पालिका आदि) बाट दिन सकिने उम्मेदवार छनोट समितिका संयोजक विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}