नबिल बैंकको लाभांश घोषणा

नबिल बैंकको लाभांश घोषणा

Artha Kendra Artha Kendra
आइतबार, २१ मंसिर २०८२, १०:४ AM
फन्ट
नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो।

बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ। बैठकले गत आवका लागि सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.