रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ बाट आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता कति ?
रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्नेछ।
निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्नेछ। कम्पनीको आईपीओमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर २२ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
यो बुक बिल्डिङ विधिबाट निष्काशन हुन लागेको आईपीओ हो। जसकारण कम्पनीको आईपीओमा न्यूनतम् ५० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम् २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यस कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ छ।
यसअघि नै कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको भएपनि विषय अदालतमा पुगेपछि रोकिएको थियो। तर, अदालतले रिलायन्सको पक्षमा अन्तरिम आदेश दिएपछि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.