बालेन शाहलाई पितृ शोक
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सिभिल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।
उनलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको बताइएको छ ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
शाहका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
(यस समाचारमा यसअघि असावधानीवश गलत तस्बिर प्रयोग भएकाले सच्याइएको छ । गलत तस्बिर प्रयोग भएकोमा हामी क्षमाप्रार्थी छौँ – सम्पादक)
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.