वैदेशिक रोजगारमा जानेले नि:शुल्क स्वास्थ्य परामर्श लिन सकिने

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ । 

Artha Kendra Artha Kendra
शुक्रबार, १२ मंसिर २०८२, १२:१८ PM
फन्ट
वैदेशिक रोजगारमा जानेले नि:शुल्क स्वास्थ्य परामर्श लिन सकिने

१२ मंसिर, काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ । 

श्रमिकको स्वास्थ्य आफ्नो उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य मन्त्रालयले विदेश जाने क्रममा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी जानकारीको लागि रोजगारीको सिलसिलामा विदेश रहेका नेपाली नागरिकले  ००९७७९७६३४९०९००  फोन नम्वरमा भाइबर वा ह्वाट्सएप वा  इमो मार्फत फोन गरी चौविसै घण्टा मृगौला रोग र मृगौला स्वास्थ्य सम्वन्धी सेवा  तथा  परामर्श सेवा लिन सक्ने व्यवस्था गरेको छ । 

साथै अन्य स्वास्थ्य सेवाको लागि  ००९७७९८५१३४५७०१  र ००९७७९८५१३४५७०२ सम्पर्क गरी सेवा लिन प्रभावकारी रुपमा काम गर्न सुरु गरिसेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.