प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, ९ मंसिर २०८२, ३:१७ PM
फन्ट
प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता

९ मंसिर, काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

मंगलबार आयोग पुगेर पार्टीका निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय रहेकोमा अहिलेसम्म ६६ दल दर्ता भएका छन् ।

त्यस्तै निर्वाचन आयोगमा दर्ता दलको संख्या भने १३५ पुगेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.