एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदै
९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुदैछ ।
जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.