स्वाबलम्बन लघुवित्तको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक, नाफा घट्यो
स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ। लघुवित्तको खुद नाफामा गत वर्षको सोही अबधिको तुलनामा गिरावट आएको छ। कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४.१५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा ८२.७०% कम हो।
कम्पनीको चुक्ता पूंजी रु. १.४५ अर्ब रहेको छ भने रिजर्भमा १७.०४% को गिरावटले रु. १.६३ अर्ब पुगेको छ। लघुवित्तको प्रति सेयर आम्दानी रु. ५.७३, र प्रति सेयर नेटवर्थ रु. २१४.११ रहेको छ। कम्पनीको पीई रेसियो १३१.७४ गुणा रहेको छ।
मुख्य सूचकहरू :
Profit | Rs. 4.15 Cr (-82.70%) |
Net Worth | Rs. 214.11 |
EPS | Rs. 5.73 (-37.08) |
PE Ratio | 131.76 Times |
Reserves | Rs. 1.63 Arba (-17.04%) |
Paidup Capital | Rs. 1.45 Arba |
NPL | 11.36%(+4.26) |
LTP | Rs. 750 |