नेप्सेमा श्रीनगर एग्रीटेकको शेयर सूचीकृत

नेप्सेमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ५ मंसिर २०८२, १:२४ PM
फन्ट
 नेप्सेमा श्रीनगर एग्रीटेकको शेयर सूचीकृत

५ मंसिर, काठमाडौँ । नेप्सेमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको छ।

कम्पनीका ३२ लाख ६२ हजार ५०० कित्ता सर्वसाधारण शेयर र १ करोड ३० लाख ५० हजार कित्ता संस्थापक शेयर नेप्सेमा सूचीबद्ध भएका हुन्।

कम्पनीको शेयर आगामी आइतबार स्पेशल प्रि-ओपन सेसनबाट कारोबार सुरू हुने छ। पहिलो कारोबारका लागि नेप्सेले १००.५९ रुपैयाँदेखि ३०१.७७ रुपैयाँसम्मको ओपनिङ रेंज निर्धारित गरेको छ।

नेप्सेले कम्पनीलाई SAIL स्टक टिकर प्रदान गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.